विवादको गाँठो नफुकाई नेकपाका अध्यक्षद्वय विदेश भ्रमणमा

काठमाडौं। प्रमुख विभागहरुको जिम्मेवारी टुङ्ग्याउन सकस भइरहेको बेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय विदेश भ्रमणमा निस्कने भएका छन्।

नेकपामा महत्वपूर्ण मानिएको स्कुल विभाग लगायतको अन्य जिम्मेवारी बाँडफाँड हुन सकस भइरहेको बेला बाँकी सबै काम थाँती राख्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी १८ साउनमा सिङ्गापुरको भ्रमणमा जाने भएका हुन्।

प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि सिङ्गापुर जान लागेका हुन्। त्यस्तै अर्का अध्यक्ष प्रचण्ड १० दिने भ्रमणमा जाने तय भएको सचिवालय श्रोतले जनाएको छ।

स्वास्थ्यमा समस्या देखा परेपछि प्रधानमन्त्री ओलीले गत शुक्रबार आर्मी अस्पताल छाउनीमा स्वास्थ्य जाँच गराएका थिए।

आर्मी अस्पतालमा उनको मिर्गौलाको बायोप्सी भएको र अहिले मुटुको गति ठीक नभएकाले थप उपचारका लागि चिकित्सकले प्रधानमन्त्रीलाई विदेश जान सल्लाह दिएका थिए।

अन्य सम्बन्धित समाचार:  पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नु पर्दैनः वनमन्त्री आले

यस्तै पत्नी सीताको उपचारका लागि यूएई जान लागेका भनिए पनि अध्यक्ष प्रचण्डको यो भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।

दाहालको यूएई भ्रमणलाई व्यक्तिगत भ्रमण भनिएको छ।