सामाजिक सुरक्षा कोषको सीईओमा ज्ञवाली नियुक्त

काठमाडौं। सामाजिक सुरक्षा कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिलमणि ज्ञवाली नियुक्त भएका छन्।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा रहेको छनोट समितिले ज्ञवालीलाई नियुक्त दिने निर्णय गरेको हो।

प्रतिस्पर्धामा कर्मचारी सञ्चय कोषका चिफ म्यानेजर अर्जुन गौतम, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव लोकनाथ पोखरेल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा परामर्शदाताका रुपमा काम गरेका विश्वराज बर्तौला थिए।

छनोट समितिले प्रतिस्पर्धीहरूसँगको व्यावसायिक कार्ययोजना, अन्तर्वार्ता, शैक्षिक योग्यता र कार्य अनुभव लगायतका पक्षलाई समेटेर सीईओ नियुक्ति दिने निर्णय गरेको हो।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक