उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा एक लागुऔषध कारोबारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका शिवालय टोलमा भाडामा बस्दै आएका २३ वर्षीय मिलन खतिवडालाई नियनत्रणमा लिएकोे हो।
प्रहरीले नियन्त्रण गर्नसाथ खोजतलासी गर्दा हरियो रंगको प्लाष्टिकको बाटामा र दराजभित्र लुकाई राखेको निट्राभेट १ सय ५७ गोटी, स्पासोस्पोक्छीनभोन १ सय ४४ पत्ता, रेक्सकोफडिएक्स ४ बोतल, नोफिन १० एम्पुल फोनारगन १० एम्पुल र डाईजेलाभ १० एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।
प्रहरीले खतिवडाको साथबाट आइफोन १, नोकिया १ मोबाइल, रोशनकुमार कोईरालाको नाममा काटिएको २० हजार, नगद १ हजार ८ सय ७० रुपैयाँ फेला पारेको छ।
घटनाबारे अनुसन्धान भइरहेको एसपी मगरले जानकारी दिए।