काठमाडौंमा युवतीलाई लक्षित गरी कोठामै गोली प्रहार

Prabhu Bank

काठमाडौं । काठमाडौंको कलंकीमा युवतीलाई लक्षित गरी कोठामै गोली प्रहार भएको छ। गएराति काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको हो।

Saftey Pads

बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले भने, ‘‘तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन् । त्यहीबेला झ्यालको जालीबाट गोली पसेको देखिन्छ । गोली नै प्रहार गर्ने नियतबाट भएको हो कि होइन अनुसन्धान हुँदैछ ।”

उनले कोठाबाट एक राउण्ड सानो गोली बरामद भएको र कुनै प्रकारको क्षति नभएको बताए।

घटनाको परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ। एक प्रहरी अधिकारीले भने घटनामा इन्सास राइफलको गोली प्रयोग भएको बताएका छन्।

अन्य सम्बन्धित समाचार:  मकवानपुर: इनारमा पसेका दुई जनाको शव फेला, एक जनाको उपचार हुँदै
Maruti Cement