चितुवाको छालासहित कैलालीमा दुईजना पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट चितुवाको छालासहित दुईजना पक्राउ परेका छन्।

चितुवाको छाला बेचबिखन र ओसार पसार भइरहेको सुचनाको आधारमा प्रहरीले गोदावरी नगरपालिका–४ बाट चितुवाको दुई थान छालासहित डोटी बढिकेदार गाउँपालिकाका २३ वर्षीय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका–१ का ३२ वर्षीय रामबहादुर विष्टलाई पक्राउ गरेको हो।

उनीहरुलाई चितुवाको छालासहित जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

राजेन्द्र थापाले चितुवाको छाला डोटी बढिकेदार गाउँपालिकामा शिकार गरी बिक्री वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  कीर्तिपुरमा दुर्घटना गराइ फरार चालक कलंकीबाट पक्राउ