विप्लवको युवा संगठनका जिल्ला कोषाध्यक्ष पक्राउ

काठमाण्डौ । विप्लव निकट नेकपाको युवा दस्ता युवा संगठन नेपाल रुकुम पश्चिमका जिल्ला कोषाध्यक्ष कुवेर वली पक्राउ परेका छन्।

आठविसकोट नगरपालिका–९ घर भएका वलीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार वडा नम्बर ११ चौरबाट पक्राउ गरेको हो।

डोल्पाका व्यापारीबाट चन्दा असुली गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। पक्राउ परेका वलीमाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए।

यसैबीच, युवा संगठन नेपाल, रुकुमपश्चिमले पक्राउ परेका वलीलाई निशर्त रिहाई गर्न माग गरेको छ। युवा संगठनले विज्ञप्ती जारी गरी पक्राउ परेका आफ्ना कोषाध्यक्ष वलीलाई रिहाइ गर्न माग गरेको हो ।

अन्य सम्बन्धित समाचार:  कोटेश्वरको सेकुवा कर्नरमा आगलागी हुँदा २० लाखको क्षति