प्रचण्ड परिवारसहित युएई प्रस्थान

Prabhu Bank

काठमाडौं । सत्तारुढ दल नेपाल कम्पुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएई प्रस्थान गरेका छन्।

Saftey Pads

पारिवारिक भ्रमणको लागि मंगलबार बिहान ९ः३० बजे परिवारसहित प्रचण्ड युएइ प्रस्थान गरेका हुन्।

दाहालको यो भ्रमण पत्नी सीताको इच्छामा भएको हो । यो विशुद्ध पारिवारिक भ्रमण रहेको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार सीताको दुबई घुम्ने इच्छा पुरा गर्न प्रचण्डसहित छोरीहरु रेणु र गंगासँगै नाति नातिनी पनि त्यसतर्फ गएका हुन् । प्रचण्ड १८ गते नेपाल फर्किनेछन्।

अन्य सम्बन्धित समाचार:  दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति
Maruti Cement