ब्रजिलको जेलमा कैदीहरुबीच झडप, ५२ जनाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । ब्रजिलमा एउटा जेलभित्र कैदीहरुबीच झडप हुँदा कम्तीमा ५२ जना मारिएका छन्।

Saftey Pads

अधिकारीहरूका अनुसार पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनमा राखिएका बन्दीले अर्को भवनमा आक्रमण गरेका हुन्।

अधिकारीहरूले पत्रकार सम्मेलनमा बताएअनुसार १६ जनाको घाँटी काटिएको थियो भने अन्यको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको हो।

बन्दीको कब्जामा परेका दुई जेल अधिकारीहरूलाई मुक्त गरिएको छ। स्थानीय समयानुसार बिहान झन्डे सात बजे सुरु भएको हिंसा मध्याह्नतिर नियन्त्रणमा आएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। बीबीसी

अन्य सम्बन्धित समाचार:  बेलायतमा कोरोना भाइरसको दोस्रो 'वेभ' आएको प्रधानमन्त्रीको भनाई
Maruti Cement