डेजाभू सञ्चालक श्रेष्ठ विमानस्थलबाट पक्राउ

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित डेजाभू लाउन्जका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन्।

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी रहेका श्रेष्ठ हङकङबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार श्रेष्ठविरुद्ध ०७५ पुस १३ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो।

श्रेष्ठले डेजाभूको अध्यक्ष हुँदा कम्पनी मर्मत गर्न विश्वराम श्रेष्ठबाट दुई करोड ऋण लिएका थिए। विश्वरामले रकम फिर्ता मागेपछि श्रेष्ठले दुई करोडको चेक दिए पनि बैंकमा रकम थिएन। त्यसपछि मनोज फरार भएका थिए।

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल टेलिभिजनको महाप्रबन्धक र विज्ञापन बोर्ड अध्यक्षका लागि आवेदन माग