विप्लब समुहद्धारा साउन १५ गते बन्दको घोषणा

काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले साउन १५ गते (भोली) बन्दको घोषणा गरेको छ।

आफ्ना उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरिएको विरोधमा बन्दसहित संघर्षका कार्यक्रम घोषणा गरेको हो।

सो पार्टीका प्रवक्ता खड्गबहादुर विकले एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्। विज्ञप्तिमा बुधबार बागमति, नारायणी र जनकपुरभित्र पर्ने जिल्लाका साथै दोलखा र रामेछाप बन्दको घोषणा गरिएको छ।

विज्ञप्तिमा सरकारले इतिहासका तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आतातायी गिरफ्तारी एवं दमन गरेको आरोप लगाइएको छ । विकले आफ्नो पार्टी त्यसको निन्दा र भत्र्सना गर्ने भन्दै लामाको रिहाइको माग गरेका छन्।

अन्य सम्बन्धित समाचार:  हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउनुहोस्: ईश्वर पोखरेल