जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

Prabhu Bank

मोरङ । सुनसरी ईटहरी बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

Saftey Pads

करणी गरेको अभियोगमा लेटाङ नगरपालिका–४ गंगे चोक बस्ने ३२ वर्षीय विनोद ओझालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

लेटाङ नगरपालिका–३ स्थित नमूना सामुदायिक वनमा ओझाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अन्य सम्बन्धित समाचार:  सस्तोमा डलर साटिदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गरेको आराेपमा पक्राउ
Maruti Cement