साफ यू–१५ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं । साफ यू–१५ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।

भारतमा अगष्ट २१ देखि सुरु हुने च्याम्पियनसिपको खेल तालिका आज सार्वजनिक भएको हो।

भारतस्थित कालयानी मैदानमा हुने च्याम्पियनसिपमा नेपालले पहिलो खेल आयोजक भारतसँग खेल्नेछ। दोस्रो खेल श्रीलंकासँग खेल्ने नेपालले तेस्रो खेल बंगलादेश र अन्तिम खेल भुटानसँग खेल्नेछ।

शीर्ष स्थानमा रहने दुई टोलीबीच फाइनल हुनेछ। प्रतियोगितामा पाकिस्तानले सहभागिता नजनाउने भएपछि पाँच टोलीमात्र सहभागी हुन लागेका हुन्।

अन्य सम्बन्धित समाचार:  फुटबल क्लब बार्सिलोनाको अफिसमा प्रहरी छापा, ४ पक्राउ