कलंकी गोलीकाण्डः अभियुक्त हतियारसहित पक्राउ

Prabhu Bank

काठमाडौं । काठमाण्डौको कलंकी गोलीकाण्डका शंकास्पद एक अभियुक्त पक्राउ परेका छन्।

Saftey Pads

प्रहरीले पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा सोमबार गोली प्रहार भएको घटनामा संलग्न भएको आरोपमा शर्माकै छिमेकी शोभाकर ढकाललाई दुईवटा हतियारसहित पक्राउ गरेको हो।

सिकार खेल्न प्रयोग हुने दुईवटा राइफलसहित उनलाई मंगलबार मध्याह्न पक्राउ गरिएको हो।

ढकालको घरमा तलासी लिँदा प्रहरीले २२ र १२ बोर राइफल बरामद गरिएको स्रोतले जनाएको छ। प्रहरी स्रोतका अनुसार दुवै राइफल इजाजतप्राप्त हुन्।

यसबारे विस्तृत खुलाइएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  सप्तरी: रुपनी गाउँपालिका-६ का वडाध्यक्षको मृत्यु
Maruti Cement