भारतीय प्रधानमन्त्री मोदी ‘म्यान भर्सेस वाइल्ड’मा, ट्रेलर सार्वजनिक

काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डिस्कभरीको चर्चित सरभाइभल कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ मा भाग लिने उपस्थिति जनाउने भएका छन्।

उनको सो निर्णयलाई रुसका राष्ट्रपति पुटिनको नीतिसँग तुलना गरिएको छ। ६८ वर्षीय पुटिनले पनि आफूलाई बहादुर र च्यम्पियनका रुपमा प्रस्तुत गर्न सार्वजनिक कार्यक्रममा नियमित सहभागी भइरहने गरेका छन्।

१२ अगस्टमा प्रशारण हुने भनिएको सो कार्यक्रमको ट्रेलरमा होस्ट बियर ग्रिल्स र मोदीले जङ्गलको बीचमा जनावरको मल अध्ययन गरिरहेको देख्न सकिन्छ । पछिल्लो समय मोदीले मिडियामा आफ्नो अलगै छवि प्रस्तुत गरिरहेका छन्।

गत महिनामात्र उनी हिमालयको गुफामा ध्यान गरेर बसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो भने उनले एकाबिहानै योगा गरेको भिडियो पनि चर्चामा आएको थियो।

अन्य सम्बन्धित समाचार:  म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

भारतको सबैभन्दा लोकप्रिय नेताका रुपमा उनले आफ्नो छवि कायम राख्न अनेकौँ प्रयास गरिरहेको विपक्षी नेताहरुको भनाइ छ।

यसमा मोदीले कुनै मौका नछाड्ने भन्दै कतिले विरोध पनि जनाउने गरेका छन् । यसअघि इन्डियन एक्सप्रेसले भारतीय सेनामाथि पाकिस्तानले आक्रमण गर्दा उनी ग्रिल्ससँग ‘म्यान भर्सेस वाइल्ड’ को सुटिङ गरिरहेको भन्ने खबर प्रकाशित गरेको थियो।

उनी जङ्गलमा भएकै कारण उनले पाकिस्तान विरुद्ध कदम उठाउन ढिलो गरेको समेत खबरमा उल्लेख गरिएको थियो । जसपछि मोदीको चारैतिर आलोचना भएको थियो। एजेन्सी