मानव बेचबिखनविरुद्धको दिवसः बेच्नेलाई दिवस, बेचिनेलाई सकस

Prabhu Bank

काठमाडौं। आज ३० जुलाई अर्थात अन्तराष्ट्रिय मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस।

Saftey Pads

हरेक वर्ष झैँ यस वर्ष पनि संयुक्त राष्ट्र सङ्घले मानव बेचबिखनसम्बन्धी जनमानसबीचमा सचेतना फैलाउन आजको दिनमा यो दिवस मनाउने गरेको छ।

यही अवसरमा नेपालमा हरेक वर्षको ३० जुलाईमा अन्तराष्ट्रिय मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ।

गरिबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक जागिरको प्रलोभनमा त कतिलाई मायाजालको नाटकमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको ज्वलन्त उदाहरणहरू हामी सामु विद्यमान नै छन्।

मानव बेचबिखन अन्त्य गर्न हरेक राष्ट्रको सरकारले गरिबी हटाउने कामलाई विशेष जोड दिने नीति अपनाउनु पर्दछ।
वर्षेनी कति मानिस नेपालबाट बेचबिखनमा पर्दछन्? यसको यकिन तथ्याङ्क नभएपनि यसको सङ्ख्या बढेको हुनसक्ने अनुमान विभिन्न सरोकारवाला तथा सम्बन्धित निकायहरूले गरेका छन्।

तर, विश्वमा हेर्ने हो भने सवा दुई करोडभन्दा बढी मानिस बेचबिखनमा पर्ने गरेको अनुमान अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले समाचार सम्प्रेषण गर्ने गर्दछन्।

नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानून कार्यान्वयनमा ल्याएको छ तर, प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरू सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।

एघारौँ सार्क शिखर सम्मेलनबाट पारित मानव बेचबिखनविरुद्धको महासन्धिलाई २०६३ भदौ २० मा पुनर्स्थापित संसदले अनुमोदन गरेपछि प्रत्येक वर्ष यस दिन मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउन थालिएको छ।

मानव अधिकारविरुद्धको यस कार्यले महिला मात्रै नभई बालबालिका, पुरुष र सिङ्गो समाज पीडित भइरहेका छन्।

अन्य सम्बन्धित समाचार:  अमेरिकामा टिकटकमाथि लगाइएकाे प्रतिबन्ध हट्याे

विश्वभर फैलिरहेको अन्तरदेशीय सङ्गठित अपराधमा लागूऔषधपछि मानव बेचबिखन र ओसारपसार दोस्रो स्थानमा रहेको तथ्याङ्कहरूले देखाएका छन् ।

हाम्रो मुलुकमा विशेषगरी चेतनाको कमी र आर्थिक गरिबीले घरेलु हिंसा र महिला बेचबिखन हुने गरेको छ। बेचबिखन तथा ओसारपसार हुनुको उद्देश्य श्रमशोषण र यौनशोषण हो। त्यसैगरी अङ्ग प्रत्यारोपण, विवाह, वैदेशिक रोजगार आदि कारणले पनि महिला जोखिममा परेका छन्।

हिजोका दिन नेपाली महिला भारतका कोठी तथा अन्त तेस्रो देशका विभिन्न वेश्यालयमा यौन शोषणका लागि भनेर बेचिन्थे भने अहिले फरक तरिकाले स्वदेशमै उनीहरूमाथि यौनशोषण हुन थालेको छ।

देशभित्रैका विभिन्न शहरमा खुलेका क्याबिन, रेस्टुराँ, मसाज पार्लर आदिमा उनीहरुमाथि यौन शोषण तथा दुराचार हुने गरेको सञ्चार माध्यमहरूले सप्रमाण समाचार सम्प्रेषण गरिरहेका छन्।

विश्वव्यापी रूपमा फैलिएको मानव बेचबिखन तथा ओसारपसार समस्या रोक्न र पीडितको अधिकार संरक्षण गर्न नेपालले अन्तराष्ट्रिय क्षेत्रमा थुप्रै प्रतिवद्धता जनाइसकेको छ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि, महिला तथा बालबालिका बेचबिखन रोक्ने, दबाउने र सजाय गर्ने संयुक्त राष्ट्रसङ्घीय अन्तर्देशीय सङ्गठित अपराध महासन्धिको आलेख (पालेर्मो प्रोटोकल २०००), वेश्यावृत्तिका लागि हुने महिला र बालबालिकाको ओसारपसार र बेचबिखन रोकथाम सम्बन्धी सार्क महासन्धि र बेचबिखन रोकथामसम्बन्धी महत्त्वपूर्ण अन्तराष्ट्रिय र क्षेत्रीय कानुनी संयन्त्रसमेत बनिसकेका छन्।

अन्य सम्बन्धित समाचार:  आइपिएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स विजयी

तर, अझैसम्म यसको प्रभावकारी कार्यान्वयन तथा सञ्चालन नहुँदा समाजमा छोरीचेलीहरु ढुक्कसँग बाँच्ने स्थिति बनिसकेको छैन।

त्यस्तै सरकारले पनि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याइसकेको छ। ऐन नियममा भएका व्यवस्थाअनुसार बेचबिखनमा परी फर्केकालाई सेवा दिन विभिन्न गैरसरकारी संस्थासँग मिलेर सरकारले ८ ओटा जिल्लामा पुनर्स्थापन केन्द्र पनि स्थापना गरेको छ।

त्यसैगरी बेचबिखन नियन्त्रण गर्नका लागि महिला तथा बालबालिका बेचबिखनविरुद्धको राष्ट्रिय कार्ययोजना २०६८ समेत बनिसकेको छ। तर यस कार्ययोजनाको प्रभावकारी कार्यान्वयन हुन नसकेकोले मानव बेचबिखन समस्या अझै पनि ज्यूँका त्यूँ छ।

मानव बेचबिखनविरुद्ध सक्रिय विभिन्न गैरसरकारी संघसंस्थाले पनि बेचबिखन नियन्त्रण प्रयास गरेका छन्। तर पनि यो समस्या नियन्त्रण हुनुको सट्टा झन् बढेको छ। यसको एउटा कारण मानव बेचबिखन नियन्त्रणका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट आवश्यक प्रभावकारी कदम नचालिनु हो।

विशेषगरी गरिबी, अशिक्षा र हिंसामा परेका वर्ग नै बेचबिखन र हिंसाको शिकारमा पर्ने भएकाले गाउँगाउँ र घरघरमा पुगेर बेचबिखनविरुद्ध जनचेतना पुर्‍याउन जरुरी छ।

तसर्थः आजैदेखि सबै पक्ष यस्ता घटनाप्रति चनाखो भएर अगाडि बढ्नुपर्ने बेला भएको छ। नेपालमा व्याप्त मानव बेचबिखन तथा महिला हिंसा नियन्त्रण गर्न ३० जुलाईका दिन उच्चपदस्थको व्यक्तिले गरेको भाषण मात्र होइन अब वर्षैभरि सरकारी तथा गैरसरकारी सक्रियता जरुरी भइसकेको छ।

 

Maruti Cement