यूएईमा प्रचण्डः पाँचतारे होलटमा बास

Prabhu Bank

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ यूएईस्थित सर्वाधिक महँगोमध्येको पाँचतारे होटलमा बास बसेका छन् ।

Saftey Pads

मङ्गलबार बिहान साढे ९ बजे परिवारसहित यूएई उडेका प्रचण्ड त्यहाँ पुगेर पाम जुमेरास्थित एट्लान्टिस होटेलमा बास बसेका हुन्।

यूएईस्थित श्रोतले दिएको जानकारी अनुसार नेपाली समयअनुसार दिउँसो १ बजे त्यहाँ पुगेका प्रचण्ड परिवारलाई नेकपाका कार्यकर्ताहरूले स्वागत गरेका थिए।

नेकपा यूएईका नेताहरू बाबुराम विश्वकर्मा र श्याम पाठक अध्यक्ष प्रचण्डलाई स्वागत गर्न एयरपोर्ट पुगेका थिए।

श्रोतका अनुसार त्यहाँ प्रचण्डले नेपाली कम्युनिटी र नेपाली बिजनेस काउन्सिलका सदस्यहरूसँग भेट गर्नेछन्। अहिलेको लागि राजनीतिक भेटको तयारी भने नभएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  भारतसँग छिट्टै वार्ता हुन्छः परराष्ट्रमन्त्री

नेकपामा विभागको नेतृत्व टुङ्गो लगाउन सकस परेपछि १५ दिनसम्म सचिवालय बैठक स्थगित गरेर प्रचण्ड सपरिवार यूएई पुगेका हुन्।

भ्रमणमा प्रचण्ड पन्तीसँगैं छोरीहरू रेणु दाहाल र गङ्गा दाहालसहित नातिनातिनी पनि रहेका छन् ।

 

Maruti Cement