विप्लवको बन्दः बम विस्फोट र आगजनी

Prabhu Bank

काठमाण्डौ । विप्लव नेतृत्वको नेकपाले नुवाकोट, सिन्धुपाल्चोक, रौतहट लगायतका वडा कार्यालयमा बम विस्फोट तथा आगजनी गरेका छन्।

Saftey Pads

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा गएराति बम विस्फोट भएको छ। विस्फोटबाट वडा कार्यालयका महत्वपूर्ण उपकरण तथा कागजपत्र जलेर नष्ट भएका छन्।

त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० को बडा कार्यालयमा पनि बम विस्फोट भएको छ । विस्फोटका कारण पूर्ण रुपमा वडा कार्यालय ध्वस्त भएको बताइएको छ। कार्यालयका सम्पूर्ण सामाग्री सहित कम्युटरका जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, रौतहटको एक वडा कार्यालयमा पनि आगजनी भएको छ। चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे आगजनी गरेको हो।

अन्य सम्बन्धित समाचार:  केही स्थानमा भारी वर्षाको सम्भावना

सवारीसाधनमा आगजनी

विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन्। मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए। यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ।

हेटौँडाको थानाभ¥याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ। सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ।

Maruti Cement