१२ वर्षीया बालिकाले गरिन् आत्महत्या

Prabhu Bank

गोरखा । पासो लगाएर गोरखाकी एक बालिकाले आत्महत्या गरेकी छन्।

Saftey Pads

शहीदलखन गाउँपालिका–७ मकैपुरकी १२ वर्षीया प्रशान्ता श्रेष्ठले बुधबार बिहान साँढे सात बजे धुरीको बलोमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

आमा पानी भर्न धारामा गएका बेला झुण्डेकी प्रशान्तालाई देख्ने बित्तिकै उनकी १० वर्षीया बहिनीले डोरी काटेको तर त्यतिबेला सम्म उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

उनी न्यूहोराइजन बोर्डिङस्कूलमा कक्षा पाँचमा अध्ययनरत थिइन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बुंकोटबाट प्रहरी पुगिसकेको एसपी ओम अधिकारीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  भाङ्ग्रेको जोखना
Maruti Cement