सामान्य विवाद हुँदा हँसियाले हानेर छिमेकीको हत्या

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा एक जनाको हत्या भएको छ।

मुसिकोट नगरपालिका ३ का ४५ बर्षिय लक्ष्मण कुमालले सोही स्थानमा वस्ने ४९ वर्षका मोतीलाल कुमाललाई सामान्य विवाद हुँदा हँसियाले हानेर हत्या गरेका हुन्।

उनका अनुसार मगंलबार राति ११ बजे खेतमा पानी लगाउने क्रममा सामान्य विवाद हुँदा लक्ष्मणले हँसियाले घाँटीमा हानेपछि मोतीलालको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख दिपक कुमार वस्नेतले जानकारी दिए।

हत्या गर्ने लक्ष्मणलाई प्रहरी पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङ दोभान बजारको आगलागी नियन्त्रण बाहिर