अज्ञात समुहले गर्यो वडा कार्यालयमा तोडफोड

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा न २ को कार्यलयमा अज्ञात समुहले तोडफोड गरेका छन्। वल्याङमा रहेको सो वडा कार्यालयमा गएराति तोडफोड भएको हो।

गुरुङका अनुसार कार्यालयको कुर्सी लगायतका सामाग्रीहरू बाहिर निकालेर फालिएको, कार्यलयका महत्वपूर्ण कागजातहरू च्यातेर छरिएको अवस्थामा रहेको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताइन्।

घटनास्थलमा विप्लव नेकपाको पर्चा फेला परेको छ।  घटनास्थल इलाका प्रहरी कार्यलय मुग्लीनबाट २, ३ घन्टाको दूरीमा पर्छ । बिहान खवर पाएपछि इप्रका मुग्लिनबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। टोली पुगेपछि थप विवरण आउने प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए।

बुधवार विप्लव नेकपाले आव्हान गरेको बन्दका कारण सवारी आवागमन केही पातलो देखिएपनि जिल्लाको अवस्था अहिलेसम्म सामान्य रहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङ आगलागी विस्थापितलाई भूकम्प पीडितसरह सहयोग माग