एनसेल टावरमा आगजनी

Prabhu Bank

झापा । झापामा मोबाइल सेवा प्रदायक एनसेल कम्पनीको टावरमाथि आक्रमण भएको छ।

Saftey Pads

जिल्लाको भद्रपुर, दमक र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले एकैपटक आगजनी तथा बम विस्फोट गराएको हो।

भद्रपुर र कमल गाउँपालिकाको टावरमा आगजनी गरिएको छ भने दमकमा रहेको एनसेल टावरमा बम विस्फोट भएको छ।

एक्कासि एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ।

प्रहरीका अनुसार यसअघि पटक पटक विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि उसैले गरेको हुन सक्ने अनुमान छ।

अन्य सम्बन्धित समाचार:  केही स्थानमा भारी वर्षाको सम्भावना
Maruti Cement