संसदमा आज पनि कांग्रेस र राजपाको नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्काे प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी नेपालले बुधबार पनि संसदमा नाराबाजी गरेका छन्।

बिहान ११ बजे सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्ने बित्तिकै कांग्रेस र राजपा सांसदहरुले सिटबाट उठेर रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन्।

उनीहरुले संसदीय सर्वोच्चता कायम गर्नु पर्ने मागसहित नाराबाजी गरेका छन्। दुई दलका सांसदहरुले अवरोध गरेपछि सभामुख महराले संसदीय सर्वोच्चता कायम गर्नका लागि बैठक चल्न दिन आग्रह गरे।

उनले संसदीय प्रक्रिया अघि बढाउन सके मात्रै संसदीय सर्वोच्चता कायम हुने बताए । राजपा अध्यक्षमण्डलको मंगलबार बसेको बैठकले संसदमा अवरोध जारी राख्ने निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीका पक्षमा सयभन्दा बढी सांसदः मुख्य सचेतक भट्टराई