समय तालिका बनाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

Prabhu Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका निर्धारण गरेर काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्।

Saftey Pads

बुधबार आर्थिक वर्ष २०७६-७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वार्षिक कार्ययोजना, मासिक कार्ययोजना, समय तालिका निर्धारण गरेर काम लाग्न आग्रह गरेका हुन्।

कतिपय मन्त्रीहरुको कामप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको समाचार सार्वजनिक भइरहेको बेला प्रधानमन्त्री ओलीले कार्य सम्पादन सम्झौता गरेका हुन्।

अल्पविकसित राष्ट्रलाई विकसित राष्ट्र बनाउनुपर्ने जिम्मेवारी रहेकाले प्राप्त सहयोगको सदुपयोग गर्दै गुणस्तीय काम गर्न निर्देशन दिए। प्रधानमन्त्री ओलीले दातृ राष्ट्र र संस्थाहरुबाट सहयोग नरोकिएको बरु सहयोगअनुसार काम हुन नसकेको पनि बताए।

अन्य सम्बन्धित समाचार:  सुनसरीमा बालिका हत्या गर्ने पक्राउ
Maruti Cement