काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राजपाका सांसदहरुले अवरोध गरेपछि प्रतिनिधिसभाको बुधबारको बैठक पनि स्थगित भएको छ।
सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरिरहेपछि सभामुख कृष्णबहादुर महराले बिहिबारसम्मलाई बैठक स्थगित गरेका हुन्।
सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै कांग्रेस र राजपाका सांसदरुले बैठक अवरुद्ध गरेका थिए। सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठन गर्नेपर्ने र संसदीय सर्वोच्चता कायम गर्नुपर्ने माग गर्दै कांग्रेस र राजपा सांसदहरुले संसद् अवरुद्ध गरेका हुन्।
सभामुख महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बारम्बार बस्न अनुरोध गरे पनि नाराबाजी जारी राखेपछि बैठक स्थगित गरेका हुन्।