अफगानिस्तानमा बेवारिसे बमसँग बस ठोक्कियो, २८ जनाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । अफगानिस्तानमा बाटो छेउमा राखिएको बममा यात्रु बस ठोक्किँदा कम्तिमा २८ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका छन्।

Saftey Pads

कान्दाहार–हेरात राजमार्गमा गुडिरहेको यात्रु बस बाटो छेउमा रहेको बममा ठोक्किएर घटना भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बेलायती पत्रिका द गार्जियनले जनाएको छ।

अफगानिस्तानको पश्चिम प्रान्त फाराहमा बुधबार बिहान यो घटना भएको हो। ज्यान गुमाउने सबै सर्वसाधारण रहेको र संख्या अझै बढ्न सक्ने फाराहका गभर्नरका प्रवक्ता फारुक बाराक्जाइले बताएका छन्।

बम कसले राखेको हो भन्ने खुलेको छैन। तर अफगानिस्तानमा इस्लामिक बिद्रोही समूह तालिबानले बम बिस्फोट तथा यस्ता खालका आक्रमण गर्दै आएको छ। एजेन्सी

अन्य सम्बन्धित समाचार:  आईपीएलमा राजस्थान रोयल्स विजयी
Maruti Cement