मानव बेचविखन तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत मोरङको २०७६ वैशाख १७ गतेको फैसलापछि फरार रहेका विराटनगर महानगरपालिका–६ का ४१ बर्षीय वसन्त राजवंशी पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

राजवंशीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  पशुपतिमा १०८ किलोको सुनको जलहरी राखियो