सरकार जनताबाट भाग्दैछः राजेन्द्र महतो

Prabhu Bank

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्लका सदस्य राजेन्द्र महतोले सरकार जनताबाट भागेको आरोप लगाएका छन्।

Saftey Pads

बुधबार बसेको संसद बैठकमा कांग्रेस र राजपाको अवरोधले कार्यसूचीमा प्रवेश नगरी स्थगित भएपछि पत्रकाहरुसँग कुरा गर्दै महतोले ओली नेतृत्वको सरकार जनताबाट भागेको जिकिर गरेका हुन्।

आफूहरुले संसदीय मूल्य मान्यता अनुसार मागबारे पटक पटक सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नभएको गुनासो महतोले गरे।

महतोले आफूहरुले सलार्हीका दुई घटनामा संसदीय छानबिन समिति गठन र मधेस आन्दोलनपछि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद चल्न नदिने बताए।

अन्य सम्बन्धित समाचार:  ओसाकाले फ्रेन्च ओपन नखेल्ने
Maruti Cement