नेतृत्व परिवर्तन गर्नुपर्छः महामन्त्री

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने बताएका छन्।

बुधबार अनामनगरमा आयोजित सामूहिक खिर खुवाउने कार्यक्रममा महामन्त्री कोइरालाले आफू कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा रहेको बताएका हुन्।

उनले नेतृत्व परिवर्तन भनेर अहिलेका सभापति देउवाको निरन्तरताका पक्षमा आफू नरहेको संकेत गरे।

त्यस्तै महामन्त्री कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उठ्नेतर्फ पनि संकेत गर्दै युवाहरुको साथ रहने विश्वास व्यक्त गरे।

अन्य सम्बन्धित समाचार:  औद्योगिक पार्क शिलान्यासका लागि प्रधानमन्त्री ओली झापा जाँदै