सभामुख महराले बोलाए बिहीबारका लागि सर्वदलीय बैठक

काठमाडौं । सभामुख कृष्णबहादुर महराले संसदको अवरोध नहटेपछि बिहीबारका लागि सर्वदलीय बैठक बोलाएका छन्।

पटकपटक संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले अवरोध गरेपछि सभामुख महराले निकासको उपाय खोज्न दिउँसो १२ बजे सर्वदलीय बैठक बोलाएका हुन्।

कांग्रेस र राजपाको अवरोधले संसद रोकिएपछि सिंहदरबारस्थित आफ्नो च्याम्बरमा पत्रकारहरूसँग कुरा गर्दै महराले सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिएका हुन्।

सभामुख महराले संसदमा रहेका सबै दलका नेताहरूसँग छलफल भइरहेको पनि जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा फागुन २३ गते संसद् अधिवेशन आह्वान