नापी कार्यालयका सर्वेक्षक र लेखापाल घुससहित पक्राउ

इटहरी । घुस रकमसहित नापी कार्यालय सुनसरीका दुई कर्मचारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले नापी कार्यालय सुनसरीमा कार्यरत सर्वेक्षक मागैन महतो र लेखापाल रामनारायण कोदारलाई नगद ११ हजार रुपैँया घुससहित पक्राउ गरेको हो।

सेवाग्राहीसँग नक्सा पास गरिदिने भन्दै घुस मागेको सूचनाका आधारमा नगद ११ हजार रुपैँया घुस सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त प्रमुख ज्ञानेन्द्र ढकालले बताए।

घुस मागेको सूचनाका आधारमा रंगेहात पक्राउ गरी अनुसन्धान भईरहेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  काठमाडौंमा ट्रक पल्टियोः दुई जनाको मृत्यु