काठमाडौं । योगेश भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्न लागेका छन्।
हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार पर्यटनमन्त्रीमा भट्टराईलाई नियुक्त गर्न लागेका हुन्।
ताप्लेजुङबाट सांसद निर्वाचित भट्टराईले आजै चार बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए।