विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा दलीय भागवण्डा गरे भण्डाफोर गर्ने साझाको चेतावनी

Prabhu Bank

काठमाडौंविश्वविद्यालयमा पदाधिकारी नियुक्त हुँदा गरिने राजनीतिक भागवण्डाप्रति साझा पार्टीले आपत्ति जनाएको छ।पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बुधबार विज्ञप्ति जारी गर्दै विभिन्न विश्वविद्यालयमा रिक्त हुँदै गएका उपकुलपति लगायतको पदाधिकारीहरुको नियुक्तिमा राजनीतिक स्वार्थ हावी हुने समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

Saftey Pads

न्यूनतम प्राज्ञिक चेत, क्षमता र निष्ठा बिनाका दलका ‘बरिष्ठ’ कार्यकर्ताले ज्ञानको मन्दिर मानिने विश्वविद्यालयमाथि एक छत्र दाईं गरेको भन्दै साझाले उपकुलपति लगायतका नियुक्ति प्राज्ञिक योग्यता, क्षमता र उत्कृष्टताका आधारमा हुने सुनिश्चितताका लागि निष्पक्ष र पारदर्शी कार्यविधि अपनाउन सरकारलाई आग्रह गरेको छ।

विश्वविद्यालयहरुमा देखिएको चरम राजनीति र दलीय भागबन्डाकै कारण बौद्धिक चोरीको पुष्ट्याइँ भएका पदाधिकारी र प्राध्यापकको नियुक्ति, किनिएको थेसिसबाट डिग्री, प्राध्यापक नियुक्ति परीक्षाको अङ्कमा केरमेट जस्ता समाचार सामान्य लाग्न थालेको विज्ञप्तिमा उल्लेख छ।

‘ज्ञानको भोक र खोजीमा क्याम्पस पुगेका हाम्रा विद्यार्थीको प्रतिभा र सिर्जनात्मक ऊर्जालाई एकातिर दलीय भागबन्डामा विश्वविद्यालय छिरेका भ्रष्ट पदाधिकारी र असक्षम प्राध्यापकले निस्तेज पारेका छन् भने अर्कोतर्फ राजनीतिक दलहरूले शिक्षण संस्थाभित्र निर्दोष विद्यार्थीहरूमाथि थोपरेको दूषित राजनीति र युनियनबाजीले सिँगो पुस्ताको भविष्य नै बर्बाद बनाइदिएको छ।’ विज्ञप्तिमा भनिएको छ।

नेपालको राजनीति हाँक्ने ठूला दलहरूले अपनाएको भागवण्डा प्रवृत्तिले विश्वविद्यालय शिक्षा मृत्यु शैयामा लम्पसार परेको साझाको ठहर छ। साझा पार्टीले नियुक्तिसम्बन्धी सरकारका कार्यविधिलाई नजिकबाट नियाल्ने र दलीय भागवण्डाकै निरन्तरता भएमा देशव्यापी रुपमा भन्डाफोर अभियान सञ्चालन गर्ने चेतावनी समेत दिएको छ।

अन्य सम्बन्धित समाचार:  दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तर कोरियाद्वारा क्षमायाचना
Maruti Cement