साइप्रस पठाउने भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि साइप्रस पठाउने भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ परेकी छन्।

काठमाडौंको नागार्जुन नगरपालिका–३ सितापाइलाकी ४३ वर्षीया पुनम नेपालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार सितापाइलाबाट पक्राउ गरेको हो।

वैदेशिक रोजगारमा मानिस पठाउने इजाजतपत्रबिना नै नेपालीले आकर्षक वैदेशिक रोजगारको लागि साइप्रस पठाउने भन्दै एक व्यक्तिबाट २०६६ असार २१ गते १० लाख ५० हजार रुपैयाँ लिएकी थिइन्। पछि साइप्रस नपठाएपछि पीडितले वैदेशिक रोजगार कसुरमा मुद्दा हालेका थिए।

वैदेशिक रोजगार न्यायधीकरणको २०६९ असार ३१ को फैसला अनुसार नेपालीलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना र पीडितलाई हर्जना वापत १५ लाख ७५ हजार रुपैयाँ दिनुपर्ने फैसला सुनाएको थियो। त्यसपछि उनी फरार हुँदै आएकी थिइन्।

अन्य सम्बन्धित समाचार:  गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित

पक्राउ परेकी नेपालीलाई फैसला कार्यान्वनका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको सिआइबीले जनाएको छ।