बन्ने भयो चलचित्र ‘लक्का जवान’

काठमाण्डौ । चलचित्र ‘लक्का जवान’को औपचारिक निर्माण घोषणा गरिएको छ। बुधबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो।

‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बन्न लागेको यो चलचित्रलाई शिवहरि पौडेलले निर्देशन गर्दैछन्।
धु्रवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा बन्ने चलचित्रमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रुपमा छन्। सुरेन्द्र केसी र दीपेन्द्र खनिया चलचित्रका सह–निर्माता हुन्।

कमेडी जनरामा निर्माण हुने यो चलचित्रमा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहनेछ। भदौ पहिलो साताबाट छायांकनमा जाने भनिएको यो चलचित्रले चैत ७ गतेलाई आफ्नो रिलिज मिति समेत पक्का गरेको छ।