अनिता चलाउनेको ‘टिकटकमा भिडियो’

काठमाडौँ । गायिका तथा सञ्चारकर्मी अनिता चलाउनेको ‘टिकटकमा भिडियो’ सार्वजनिक भएको छ।

टिकटकको क्रेज बढिरहेको बेला चलाउनेले हरितालिका तीजको अवसरमा ‘टिकटकमा भिडियो’ बोल्को गीत सार्वजनिक गरेकी हुन्।

प्रल्हाद सुवेदीको शब्द बसन्त थापाको सङ्गीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन्।

गायिका चलाउने सँगै अहिलेका चर्चित दुई हास्य कलाकार ‘फुलन्देकी आमा र काउली बुढी’को अभिनय रहेको म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका छन्।

भिडियो हेर्नुहोस्

अन्य सम्बन्धित समाचार:  कमेडी च्याम्पियन सिजन–२ आजबाट