हुम्ला । प्रसूतिका लागि ल्याइएकी एक महिलाको हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा मृत्यु भएको छ।
बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँकी २० वर्षीया अनरुपा टमटाको मृत्यु भएको हो।
टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा ज्यान गएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिए।
ज्यान गुमाएका टमटालाई बुधबार बिहानबाट एक्कासि सुत्केरी व्यथा लागेसँगै स्वास्थ्यचौकीमा र्पुयाइए पनि बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुवैको ज्यान गएको प्रमुख मगियाले बताए ।