जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै पर्यटनमन्त्री

Prabhu Bank

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

Saftey Pads

भट्टराई मन्त्री नियुक्त भएको भोलिपल्ट नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेका हुन्।

भट्टराईले त्यहाँ स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरे।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरण गर्ने योगेश पहिलो मन्त्री हुन्।

पेरिसडाँडामा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेकपालाई अहिलेको स्थानसम्म र्पुयाउन जनयुद्धका सहिद तथा वेपत्ताहरुको पनि योगदान रहेको बताए।

यसैबीच, मन्त्री भट्टराई बिहीबार बिहान नै तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर मदन भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

अन्य सम्बन्धित समाचार:  अब दुई सहकारीमा सदस्य बन्न नपाइने

पर्यटनमन्त्रीको सपथग्रहण लगत्तै बुधबार उनी लैनचौरस्थित सहिद स्तम्भ पुगेका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारले भट्टराईलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेको थियो।

Maruti Cement