चार्जमा राखेको मोबाइल चलाउँदा करेन्ट लागेर मृत्यु

Prabhu Bank

काठमाण्डौ । चार्जमा राखेको मोबाइल चलाउँदा करेन्ट लागेर मोरङको लेटाङमा एक जनाको मृत्यु भएको छ।

Saftey Pads

बिहीबार बिहान लेटाङ नगरपालिका ३ का १५ वर्षीय सौजन राईको चार्जमा राखेको मोबाइलमा गेम खेल्दा मृत्यु भएको हो।

राई वडाको त्रिशुली चोकमा साथीको घरमा गएका थिए। सुतिरहेको अवस्थामा राति ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्दा उनलाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।

घटना थाहा हुनासाथ प्रहरी जाँदा उनको मृत्यु भइसकेको थियो। घटनाबारे इलाका प्रहरी कार्यालय लेटाङले अनुसन्धान गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  २१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा
Maruti Cement