एक किलोे अवैध सुनसहित एकजना पक्राउ

काठमाडौं । एक किलोे अवैध सुनसहित काठमाडौंको थानकोटबाट एकजना पक्राउ परेका छन्।

धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९ प २७२६ नम्बरकोे मोटरसाइकल जाँच गर्ने क्रममा महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग नागढुङ्गाको टोलीले रसुवाको गोसाईंकुण्ड गाँउपालिका–५ का ३२ वर्षीय पेम्वा दिण्डुप तामाङलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब निरीक्षक होविन्द्र बोगटीका अनुसार कालो टेपले बेरी पाइन्टको पेटी लगाउने स्थानमा चार टुक्राको सुन लुकाएर ल्याउँदै गर्दा तामाङ पक्राउ परेका हुन्।

अन्य सम्बन्धित समाचार:  भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप