१५ स्थानका एनसेल टावरमा आक्रमण र आगजनी

Prabhu Bank

काठमाडौं । देशभर विभिन्न १५ स्थानमा एनसेलका टावरमा आक्रमण र आगजनी गरिएको छ।

Saftey Pads

प्रहरी प्रधान कार्यालयका अनुसार बुधवार साँझदेखि बिहीवार बिहानसम्म १५ ठाउँमा आगजनी गरिएको हो।

अर्घाखाँची, धादिङ, कपिलवस्तु, झापा, रुपन्देही, कैलाली, नवलपरासी र सिन्धुपाल्चोकका विभिन्न स्थानमा रहेका एनसेल टावरमा विप्लव समूहले आक्रमण गरी आगजनी गरेको प्रहरीले जनाएको छ।

आगजनी कसले र्गयो भन्ने स्पष्ट जानकारी प्राप्त नभएपनि प्रहरीले सुरक्षा कार्ड र शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। टावरमा भएको आगजनीका कारण मोबाइल सेवा अवरुद्ध समेत भएको छ ।

अन्य सम्बन्धित समाचार:  धुलिखेल–काठमाडौँ विद्युतीय बस सञ्चालनमा
Maruti Cement