सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताएका छन्।

भन्सार विभागले बिहिबार राजधानीमा गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन कार्यक्रममा उनले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

उनले हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी दिँदै उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रको उन्नयनका निम्ति कानूनी एवं संरचनागत सुधारमा लागेको बताए।

राष्ट्रिय पूँजी निर्माणमा निजी क्षेत्रलाई आह्वान गर्दै अर्थमन्त्री डा खतिवडाले भन्सार र व्यापारका पूर्वाधार बनाउन र सुस्तगतिमा भइरहेको औद्योगिकीकरणलाई दु्रतगतिमा बढाउन सार्वजनिक निजी साझेदारी आवश्यक भएको विचार व्यक्त गरे।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद बैठकः फागुन २३ गते संसद बोलाउन सिफारिस गर्ने निर्णय