चौका–छक्का हान्ने होः पर्यटनमन्त्री

Prabhu Bank

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयको कामलाई चौका, छक्का हान्न आएको प्रतिक्रिया दिएका छन्।

Saftey Pads

मन्त्री नियुक्त भएको दोस्रो दिन पार्टी कार्यालय पेरिसडाँडामा रहेको सहिद स्तम्भमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रिकेट खेलसँग तुलना भने, “भर्खर ब्याटिङ गर्न आएको छु । छक्का, चौका हानौँला नि !”

भ्रमण वर्ष–२०२० सामुन्नेमा आएको बताउँदै उनले नेपालको पर्यटन प्रवर्द्धन, कनेक्टिभिटीलाई स्थापित गर्न, अन्तराष्ट्रिय विमानस्थल समयमा सम्पन्न गर्न, पूर्वाधारहरु निर्माण गर्न र नेपाललाई पर्यटकीय गन्तव्य बनाउन आफूले भूमिका खेल्ने बताए।

मन्त्री नियुक्त भएपछि पेरिसडाँडा पुगेर जनयुद्धका सहिदको स्तम्भमा माल्यार्पण गर्ने भट्टराई पूर्वएमालेका पहिलो नेता हुन् ।

अन्य सम्बन्धित समाचार:  नरभक्षी बाघ नियन्त्रणमा
Maruti Cement