लगातार अवरुद्ध संसद् बैठक खुलाउन सर्वदलीय बैठक शुरू

Prabhu Bank

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सर्वदलीय बैठक शुरू भएको छ। लगातार अवरुद्ध हुँदै आएको संसद् बैठक खुलाउन आवश्यक छलफलका लागि भन्दै सभामुख कृष्णबहादुर महराले डाकेको सर्वदलीय बैठक सुरु भएको हो।

Saftey Pads

बैठकमा गत असार २४ बाट निरन्तर अवरुद्ध हुँदै आएको संसद्को अवरोध खुलाउन आवश्यक छलफल हुनेछ।

बिहीबार बसेको बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङलगायत उपस्थिति रहेको छ।

प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेताहरू मिनेन्द्र रिजाल लगायत सहभागी छन्। यसैगरी बैठकमा प्रतिपक्षी राजपा अध्यक्ष मण्डल राजकिशोर यादव, महन्त ठाकुर, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति रहेको छ ।

अन्य सम्बन्धित समाचार:  सुनसरीमा बालिका हत्या गर्ने पक्राउ

बुधबार बसेको संसद् बैठकमा पनि करिब एक घन्टा नाराबाजी गरेपछि बिहीबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको थियो।

Maruti Cement