दुई स्थानबाट १६ जुवाडे पक्राउ

Prabhu Bank

काठमाडौं । भक्तपुर र ललितपुरबाट १६ जना जुवाडे पक्राउ परेका छन्।

Saftey Pads

प्रहरीले भक्तपुर नगरपालिका–९ ब्रम्हायणी बस्ने रामसुन्दर ग्वायाँको घरमा जुवातास खेलिरहेको अवस्थामा च्यामासिंह बस्ने काभ्रे धुलिखेल नगरपालिका–२ घर भएका २७ वर्षीय सुमन गिरी समेत ७ जनालाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट ३२ हजार २ सय ८० रुपैयाँ र तास बरामद भएको छ।

यस्तै ललितपुर, गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ४७ वर्षीय राधेश्याम कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा राधेश्याम कार्की समेत ९ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट ३२ हजार रुपैयाँ र तास बरामद गरिएको छ ।

अन्य सम्बन्धित समाचार:  दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दै पर्यटन मन्त्रालय
Maruti Cement