उपनिर्वाचन मंसिरमा गर्न आयोगलाई दलहरुको सुझाव

Prabhu Bank

काठमाण्डौ । आगामी मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोगलाई दलहरुले सुझाव दिएका छन्।

Saftey Pads

बिहीबार आयोगले बोलाएको सर्वदलीय बैठकमा दशैंतिहार तथा छठ सकिएपछि निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएका हुन्।

हामीले निर्वाचन कुन समयमा गर्नु उपयुक्त हुन्छ भनेर दलहरूसँग राय मागेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए। उनले मंसिर पहिलो साता उपनिर्वाचन गर्न सुझाएको भन्दै सुझावअनुसार तयारी अघि बढाउने बताए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनता पार्टीलगायतले पनि मंसिरमै उपनिर्वाचन गर्न सुझाव दिएका छन्।

निर्वाचन आयोगले रिक्त रहेको स्थानीय, प्रदेश र संघीय संसदको उपनिर्वाचनको मिति तय गर्न १८ दललाई आयोगमा बोलाएको थियो । संघीय संसद १, प्रदेश सांसद तीनसहित ४७ स्थानमा उपनिर्वाचन हुनेछ ।

अन्य सम्बन्धित समाचार:  दाउराले हानेर भाउजूको हत्या गर्ने देवर पक्राउ
Maruti Cement