चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

Prabhu Bank

काठमाडौं । काठमाडौंबाट चोरीको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

Saftey Pads

उपत्यकाको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट प्रहरीले मकवानपुर नौखण्टेका २० वर्षीय अनिल लामा, मकवानपुर इन्द्रसरोवर गाउँपालिका– ४ का १७ वर्षीय जीवराज तामाङ र काठमाडौँ चन्द्रागिरि नगरपालिका–९ का १८ वर्षीय सन्दीप तामाङलाई पक्राउ गरेको हो।

चोरी गरी ल्याउँदै गरेको बा३६प ८६९३ र बा७२प ९६७० नंको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक जना मृत्यु
Maruti Cement