विप्लवका ३ कार्यकर्ता पक्राउ, वडा कार्यालयमा आगजनी गरेको आरोप

Prabhu Bank

रौतहट । नेत्र विक्रम चन्द विप्लव समूहका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

Saftey Pads

रौतहटको चन्द्रपुर नगरपालिका ३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले चन्द्रपुर ४ टेकान टोलका रेहान तामाङ्ग भन्ने रामबहादुर घिसिङ, मानबहादुर वाइवा, गैडाटारका रेवप्रसाद मैनालीलाई पक्राउ गरेको हो।

बन्द आहृवानको पूर्वसन्ध्यामा बुधबार गैडाटारस्थित आर्दश सामुदायिक वनको भवनमा रहेको वडा कार्यालयमा आगजनी भएको थियो। आगजनीमा कागजात, कम्प्युटरलगायतका सामान नष्ट भएको छ।

पक्राउ परेका मध्ये रामबहादुर घिसिङ्को साथबाट सेमी अटोमेटिक पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ८ थान गोली बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी कवित कटवालले बताए।

पक्राउ परेका रेवप्रसाद मैनालीको साथबाट एक थान गोली, तामाको साथबाट पाइपको टुक्रा २ थान र दस्तावेजहरु बराममद भएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  नदीमा दाउरा झिक्न जाँदा बाबुछाेरी बेपत्ता

पक्राउ परेका व्यक्तिहरु लामो समयदेखि विप्लव समूहमा आवद्ध रहेको र यसअघि पनि गैडाटारमा रहेको एनसेलको टावरको आगजनीमा समेत उनीहरुको संलग्नता रहेको प्रहरीको दावी छ।

Maruti Cement