दलहरुबीच सहमति जुट्न सकेन, संसद् बैठक २० गतेसम्म स्थगित

Prabhu Bank

काठमाडौं । प्रतिनिधि सभाको बैठक साउन २० गतेसम्मका लागि स्थगित भएको छ।

Saftey Pads

संसद्को गतिरोध हटाउन भएको प्रयास सफल हुन नसकेपछि बिहीवार बस्ने भनिएको बैठक सुचना टाँसेर स्थगित गरिएको हो।

संसद्को अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आह्वान गरेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो।

संसद्मा जारी गतिरोध हटाउन सभामुख कृष्णबहादुर महराको पहलमा भएको सर्वदलीय बैठकमा कांग्रेस र राजपाले संसदीय समिति गठनको अडान कायम राखेका थिए।

नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु तथा ठेकेदारले खनेको खाल्डोमा डुबेर बालकको मृत्युको विरोधमा भएको प्रदर्शनमा प्रहरीबाट सरोजनारायण सिंहको मृत्यु सम्बन्धमा संसदीय छानबिन समितिको माग गर्दै कांग्रेस र राजापाले लामो समयदेखि संसद् अवरोध गर्दै आएका छन्।

अन्य सम्बन्धित समाचार:  अपहरणको अभियोगमा रेष्टुरेष्ट सञ्चालक डेविड पक्राउ
Maruti Cement