समाजवादी पार्टीका नेतामाथि कपिलवस्तुमा गोली प्रहार

Prabhu Bank

काठमाण्डौ । कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार भएको छ।

Saftey Pads

कपिलवस्तुको लवनीबाट पकडी जाँदै गरेका समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि अज्ञात समूहले बिहीबार दिउँसो २ बजे शुद्धोधन–६ टिटिरियामा गोली प्रहार गरेका हुन्।

मोटरसाइकलमा रहेका यादवलाई पछाडिबाट मोटरसाइकलमै आएका २ जनाको समूहले गोली प्रहार गरी भागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख दिप शमशेर राणाले जानकारी दिए।

शुद्धोधन गाउँपालिका–५ हथिहवा निवासी यादवको हातको पाखुरामा गोली लागेको छ। उनको अवस्था भने सामान्य रहेको राणाले जानकारी दिए।

सामान्य घाइते भएका यादवको अहिले तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

नेपाली नम्बर प्लेटरको मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भोगेको जानकारी घाइते यादवले प्रहरीलाई दिएका छन्। गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  थप ९ प्रकारका स्यानिटाइजर गुणस्तरहीन: प्रयोग नगर्न आग्रह
Maruti Cement