उपभोग्य वस्तुको मूल्य वृद्धि तर्फ सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभा सांसदहरुले दैनिक उपभोग्य वस्तुको बजार मूल्य वृद्धि भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार संसद भवन नयाँबानेश्वरमा बसेको बैठकमा सांसदहरुले फलफुल तथा तरकारी लगायत खाद्यान्न तथा मासुमा अस्वभाविक मुल्य बढेको भन्दै त्यस तर्फ सरकारको जवाफ मागेका हुन्।

राधेश्याम अधिकारीले तरकारीको मुल्य अकासिदै गएको भन्दै बजार मुल्यबारे सदनमा छलफल गरिनुपर्ने बताए।

उनले खाद्यान्न लगायत मासुको मुल्य पनि आकाशिदै गएकाले बजार मुल्यको तुलनात्मक अध्ययन गर्न सरकारलाई आग्रह गरे।

दिलकुमारी रावलले विभिन्न वहानामा तरकारी तथा खाद्यान्नको मुल्य बढाउने काम भईरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

सांसद रामप्रित पासवानले जातिय आधारमा पेशाप्रति नै अपमान गर्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसदहरुले बाढी तथा पहिरो पीडितहरुले राहत नपाएको भन्दै सरकारको आलोचना गरेका थिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीविरूद्ध अवहेलनाको मुद्दा पेस